Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

नयाँ विश्व कीर्तिमान बनाउन सफल : अमेरीकी धावक ग्रान्ट

१३ फागुन
काठमाडौं –
अमेरीकी धावक ग्रान्ट होलोवेले विश्व इन्डोर ६० मिटर हर्डल्सको कीर्तिमान तोडेका छन । उनले सन् १९९४ मा बनाएको रेकर्डलाई एक मिलिसेकेण्डले तोडेका हुन् ।

सन् १९९४ मा बेलायती खेलाडी कोलिन ज्याकसनले राखेको रकेर्डलाई तोड्ने क्रममा ग्रान्टले सात दशमलव दुई नौ सेकेण्डमा दुरी पुरा गरेका थिए। एक सय १० मिटर हर्डल्सका विश्व च्याम्पियन ग्रान्टले शुन्य दशमलव २२ सेकेण्डले अग्रसर भई स्वर्ण जित्न सफल भएको छ ।

उनले इन्डोर प्रतियोगितामा अपाजित रहने रकेर्ड ५४ रेस सम्म पुर्याएका छन् । विश्व इन्डोर च्याम्पियन एन्र्डु पोजी दोस्रो स्थानमा रहेका छन्।

ग्रान्टको सुरुवाती समय सात दशमलव ३२ सेकेण्डको नापिएको थियो । तर पछि सात दशमलव २९ कायम भएको थियो । नयाँ रेकर्ड बनाएपछि उनले यो आफ्ना लागि ठूलो उपलब्धि रहेको बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE