प्रधानमन्त्री ओलीको चुनौती :‘अविश्वास प्रस्ताव पारित गरेर देखाउनुस्’
१७ फागुन
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाको प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएको छ ।
कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले नागरिकको आशीर्वाद लिएर आउँदो चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताउनुभयो ।
औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र नागरिकलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो ।
कार्यक्रममा उहाँले एकैदिन पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताउनुभयो । अहिले मासिक तीन हजार रुपैयाँ रहेको ज्येष्ठ नागरिकको भत्ता अरू बढाइने पनि उहाँले घोषणा गर्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE