Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

८ लाख रकम सडकमै फ्याँके, गाउँपालिकाका अध्यक्ष फरार !

१८ फागुन
काठमाडौँ –
धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर फरार भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि अध्यक्ष राउत पैसा फ्याँकेर फरार भएका हुन् ।

गाउँपालिकाको प्र २–०२–००१ झ ०००२ नम्बरको कालो रङको गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका–५ स्थित सडकमै फालेर राउत फरार भएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालका अनुसार राउतलाई अख्तियारको टोलीले निगरानी गर्दै पिछा गरिरहेको थियो।

भवन निर्माण सकिएपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोली त्यहाँ पुगेको थियो। अख्तियारको टोलीले गाउँपालिकाको अध्यक्ष राउतका गाडी चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ। गाडीबाट फ्याँकेको ८ लाख रुपैयाँ पनि अख्तियारले बरामद गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE