Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

विप्लव समुहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउदा सरकारले कुनै मापदण्ड पूरा गरेन : भट्टराई

२२ फागुन
काठमाडौँ –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द्र विप्लव नेपाल कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा सरकारले कुनै मापदण्डहरू पालना नगरेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले सो बताउनुभएको हो । सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीति शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागतयोग्य छ, नेता भट्टराईले भन्नु भयो, तर एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पारदर्शी हुनपर्छ र प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन गर्नुपर्छु उहाँले भन्नुभयो ।

राजनीति दलहरुबाट सहमति गरेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्थ्यो, उहाँले भन्नुभयो , यस्ता कामहरू किन हुँदैछ र के उद्देश्यले हुँदैछ भन्ने कुरा आम जनतालाई सार्वजनिक ढंगले जानकारी दिनुपर्थ्यो तर यस्ता केही मापदण्डहरु सरकारले पालना गरेन ।

०६२( ०६३ मा तत्कालीन माओवादी शान्ति पक्रियामा आउँदा हतियार, लडाकु के गर्ने भनेर टुङगिए र सबै शान्ति प्रक्रियामा आबद्ध भएको बताउँदै उहाँले यो सहमतिमा विप्लव समूहका हतियार के हुन्छन्रु विप्लव समूहले बनाएका सेना के हुन्छन् ? यो टुङगो लगाउन जरुरी रहेको उहाँको भनाई रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE