Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

पछिल्लो २४ घण्टामा देशभर ९ सय ११ जना संक्रमणमुक्त

२१ आश्विन,काठमाडौँ  – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ११ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा ८ सय ५जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ७२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २ सय ६४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ६७ जना र ३ हजार ४०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९३ हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भए, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६७२ जनाको परीक्षण हुँदा हालसम्म कुल ४८ लाख ६८ हजार ७७७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE