Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आयो : प्रचण्ड

२३ फागुन
काठमाडौँ  –  नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको  टिप्पणी गर्नु भएको छ ।

संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिनु हुदै प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताउनु भयो ।

‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन,’ उहाँले भन्नु भयो, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ ।’

सर्वोच्चले आइतबार फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको नाममा दिएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE