देउवाद्वारा लक्ष्मणसिंह थापाको निधनप्रति दुख व्यक्त
२७ फागुन
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुख व्यक्त गर्नु भएको छ ।
नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य थापाको हिजो बुधवार ७२ वर्षका उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमा निधन भएको थियो ।
सभापति देउवाले शोक सन्देशमार्फत थापाले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।
नेपाल शिक्षक संघ गुल्मीका संस्थापक अध्यक्ष थापाले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । बिपी विचार समाजका जिल्ला अध्यक्ष थापाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE