‘खोप किन्दा कमिसन दिन्नौं’
२९ फागुन
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५० लाख डोज खोप खरिद गर्न चाहँदा कमिसनको प्रयास भइरहेको सन्दर्भमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।
खोप खरिदमा सुशासनको पक्ष चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले भने, ‘कमिसन एजेन्ट बलिया हुँदा रहेछन् । तर हामी खोप खरिदमा कमिसन दिनेवाला छैनौं ।’ मन्त्री त्रिपाठीले यसअघि सेरमबाट सहुलियत मूल्यमा प्रतिडोज ४ अमेरिकी डलरमा खोप उपलब्ध भएको तर अबको खरिदमा प्रतिडोज खोपको मूल्य ५ र ६ अमेरिकी डलर पर्न सक्ने बताए ।
उनले सरकारले खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई एकदुई दिनमै सहभागी गराउन लागेको पनि बताए । ‘खरिद मूल्य, ढुवानी, कर तथा कोल्ड स्टोरेजमा लाग्ने खर्चबाहेक १० प्रतिशतसम्म मुनाफा लिएर निजी क्षेत्रले खोप ल्याउन सक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सोही व्यवस्थाअनुसार निजी क्षेत्रले खोप खरिद गर्न र वितरण गर्न सक्छन्’, उनले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE