Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गराउन जाँदै प्रचण्ड

१७ चैत्र
काठमाडौँ – तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनरावलोकन दिने भएका छन्।

पुनरावलोकन दिन उनी मंगलबार बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE