प्रधानमन्त्री-सभामुख अन्तरद्वन्द्व : एमसीसी सम्झौतासहित दर्जनौं विधेयक अघि बढेनन्
२ बैशाख,काठमाडौं । एकतर्फी रूपमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय लिएपछि प्रम केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापाकोटाबीच बिग्रँदै गएको सम्बन्ध अझै सुध्रन सकेको छैन । यही कारण एकातिर संसद् बिजेनशविहीन भएको छ भने अर्कातिर दर्जनौं विधेयक अघि बढ्न सकेका छैनन् ।
गत चैत १५ मा प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरेपछि संसद्को कामकारबाही प्रभावकारी बनाउन भन्दै सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।
दुईपक्षीय भेटपछि संसद् सहज रूपमा सञ्चालन हुने अपेक्षा थियो तर अहिलेसम्म सहज देखिँदैन । सरकारले २०७६ असार ३० गते संसद्मा दर्ता गराएको एमसीसी सम्झौता अहिलेसम्म सभामुखले अघि बढाएका छैनन् । एमसीसी र दर्जनौं विधेयक तथा अध्यादेश संसद्मा निर्णयार्थ पेश नहुनुले प्रधानमन्त्री र सभामुखबीच अन्तरद्वन्द्व कायमै रहेको पुष्टि भएको छ ।
प्रतिनिधिसभाका विधेयक शाखाका अनुसार प्रतिनिधिसभामा ३८ ओटा विधेयक विचाराधीन छन् । प्रतिनिधिसभाको समितिमा १० ओटा विधेयक छलफलमा छन् । तत्कालीन नेकपाभित्र चुलिएको विवाद उत्कर्षमा पुगेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले असार १७ मा संसद् अधिवेशन अन्त्य गरिदिनुभएको थियो । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE