Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

६ वैशाख, काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । आज पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धि निर्णय हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले अब समर्थन फिर्ताबारे निर्णय लिने तयारी भएको मोओवादी केन्द्रका एक नेताले बताए ।

नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन ।

WRITE COMMENTS FOR THIS ARTICLE