Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

साइकलयात्री यमलालको कोरोना संक्रमणबाट मृत्यु

१७ बैशाख, काठमाडौँ – कैलालीको लम्कीचुहा नगरपालिकाका–१ घर भएका ४३ वर्षीय साइकलयात्री यमलाल रसाइलीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि उपचारको लागि धनगढीस्थित अस्थायी कोरोना अस्पातालमा भेन्टिलेटरमा उपचार गर्दागर्दै मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

उहाँले एउटा खुट्टाको सहारामा मेची–महाकाली मात्र नभई मुगुको रारा ताल अनि भारतमा आयोजना भएका छोटो तथा लामो दूरीका प्रतिस्पर्धामा सफल साइकल यात्रा गर्नुभएकाे थियाे ।

 

WRITE COMMENTS FOR THIS ARTICLE