Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

एमाले सांसद पाण्डेको राजीनामा स्वीकृत

२० वैशाख, काठमाडौँ – नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएको थियो। सभामुख पूर्ण घर्तीले पाण्डेको राजीनामा स्वीकृत गर्नु भएको हो ।

कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेले पेस गरेको राजीनामा पत्रमा हालको राजनीतिक परिस्थिति नियाल्दै हिजोकै मितिबाट लागू हुने राजीनामा दिएको उल्लेख गरेको थियो ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE