Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट निधन

२४ वैशाख, काठमाडौं -संसद सचिवालयमा कार्यरत एकजना उपसचिवको कोरोना संक्रमणबाट निधन भएको छ । सचिवालयमा काजमा कार्यरत उपसचिवको केही समय अगाडि पत्थरीको अपरेशन समेत भएको थियो ।

तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE