पछि हट्यो जसपा, प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने
२६ वैशाख,काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षबाट पछि हटेको छ । आइतबार पार्टी नेता बाबुराम भट्टराईको निवासमा बसेको जसपा शीर्ष नेताको बैठकले ओलीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय गरेको जसपा स्रोतले बताएको छ ।
स्रोतका अनुसार ओलीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय भएको तर प्रधानमन्त्रीको विपक्षमा रहने वा तथष्ट रहने भन्ने अधिकार सांसदहरुलाई नै दिइने छ ।
जसपाभित्र यादव र बाबुराम भट्टराई पक्षले प्रधानमन्त्रीको विपक्षमा र महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षले तथष्ट बस्ने तयारी गरेका छन् । अध्यक्ष यादवले तथष्ट बस्ने वा प्रधानमन्त्रीको बिपक्षीमा मत दिने बिषयमा सांसदहरुले स्वविकेक प्रयोग गर्न सक्ने छन् ।
आइतबार जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि शिर्ष नेताको बैठक बसेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE