पुनर्गठित सीसीएमसीको सिइओमा पूर्वरथी बालानन्द शर्मा
पुनर्गठित सीसीएमसीको सिइओमा पूर्वरथी बालानन्द शर्मा
११ जेठ, काठमाडौं– पुनर्गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिइओमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले उहाँलाई सिइओमा नियुक्त गरेको एक मन्त्रीले बताए ।
पूर्वरथी शर्माले नेपाली सेना र माओवादी लडाकु समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए। उनी संयुक्त राष्ट्र संघका पूर्वफोर्स कमान्डर पनि हुन्।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा रहेको सीसीएमसी पुनर्गठनपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको छ । पुनर्गठित सीसीएमसीको निर्देशक समितिमा उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहनेछन्। सीसीएमसीले निर्देशक समितिअन्तर्गत रहेर काम गर्नेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE