Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीविरुद्धको आक्रमणबारे छानविन गर्न समिति गठन

भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीविरुद्धको आक्रमणबारे छानविन गर्न समिति गठन

१४ जेठ, काठमाडौं– भेरी अस्पतालमा बिहिबार राति स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनाको छानबीन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ ।
कुटपिटको घटनापछि शुक्रबार बिहान बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल बताउनुभयो ।

समितिले आजदेखि लागू हुनेगरी ३ दिनभित्र घटनाको सत्यतथ्य बाहिर ल्याइ प्रतिवेदन बुझाउने निर्देशन पाएको सहायक प्रजिअ विष्टले बताउनुभयो । समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेत राखिएको छ ।

समितिमा मेडिकल एसोसिएसनको तर्फबाट विनोद कर्ण, अस्पताल व्यवस्थापन समितिको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, नर्सिङ एसोसिएसनको तर्फबाट लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका एक चिकित्सक रहेका छन्

भेरी अस्पताल भएको स्वास्थ्यकर्मी आक्रमणको घटनामा संलग्नमध्ये प्रहरीले ३ जनालाई घटनालगत्तै पक्राउ गरिसकेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE