चीनले दियो तीन सन्तान जन्माउने अनुमति
चीनले दियो तीन सन्तान जन्माउने अनुमति
एजेन्सी– चीनले आफ्नो मुलुकमा बस्ने दम्पतीका लागि तीन जना सम्म सन्तान जन्माउन पाउने नियम ल्याएको छ । यसअघि रहेको दुई सन्तान नीतिको व्यवस्था हटाई चीनले तीन सन्तान नीति ल्याएको हो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त नीति चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो मार्फत चिनियाँ राष्ट्रपति सि चिनपिङले अनुमोदन गरेका थिए ।
चीनको जनसंख्या दशकयताकै कम भएको तथ्यांक आएसँगै चीनले आफ्नो नीतिमा परिवर्तन ल्याएको हो ।
जनसंख्या तथ्यांकमा जनसंख्या कम देखिएपछि चीनले आफ्नो दुई सन्तान नीतिमा परिवर्तन ल्याउने अपेक्षा गरिएको थियो ।
यसअघि पनि सन् २०१६ मा चीनको एक सन्तान नीतिमा विवाद देखिएपछि चीनले दुई सन्तान नीति ल्याएको थियो । तर उक्त नीतिको दुई वर्षसम्म चीनको जन्मदर बढेको देखिए पनि त्यसपछि भने पुनः गिरावट आएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE