बीमा समितिले हिमालयन रि’ इन्स्योरेन्सलाई दियोे निजी क्षेत्रको पुनर्बीमा कम्पनीको लागि अनुमति
बीमा समितिले हिमालयन रि’ इन्स्योरेन्सलाई दियोे निजी क्षेत्रको पुनर्बीमा कम्पनीको लागि अनुमति
१७ जेठ, काठमाडौं– हिमालयन रि’ इन्स्योरेन्सले पुनर्बीमा कम्पनी खोल्न अनुमति पाएको छ । बीमा समितिले हिमालयन रि’इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न अनुमति प्रदान गरेको हो।
समितिमा आवेदन परेका ५ कम्पनी मध्ये हिमालयनलाई पुनर्बीमा खोल्ने अनुमति समितिले दिएको हो ।
समितिले वैशाख १६ गते प्रस्ताव पेश गर्न माग गर्दा हिमालयनसहित प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले प्रस्ताव दर्ता गरेका थिए।
बीमा समितिले अनुमति दिएको हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्वअध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुप, केएल दुगड लगायतका व्यवसायिक घराना रहेका छन्।
नेपालमा अहिलेसम्म एकमात्र पुनर्बिमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी मात्रै रहेको थियो। त्यसमा सरकारको ४४, विशाल ग्रुपको ३, राष्ट्रिय बीमा कम्पनीको २७, सर्वसाधारणको १६ प्रतिशतसहित अन्य बीमा कम्पनीको सेयर स्वामित्व रहेको छ।
निजी क्षेत्रबाट आएको पुनर्बीमा कम्पनीको न्यूनतम १० अर्ब रुपैयाँ चुक्ता पुँजी हुनेछ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE