Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

विदाई सम्बोधनमार्फत ओलीले भनेः सबै नेपालीलाई खोपको व्यवस्था गरेका छौँ

विदाई सम्बोधनमार्फत ओलीले भनेः सबै नेपालीलाई खोपको व्यवस्था गरेका छौँ

२९ असार, काठमाडौं– जाँदाजाँदै देशवासीका नाममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीका लागि कोरोना संक्रमण विरुद्धको खोपको व्यवस्था गर्न सफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पदबाट हट्नुअघि विदाइ सम्बोधन गर्दै ओलीले सम्पूर्ण नेपालीलाई सन् २०२१ सम्ममा खोप दिइसक्ने व्यवस्था गरेको बताउनुभयो ।

सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘सबै नेपाली जनतालाई खोपको अवस्थामा पुर्याएका छौँ। नेपाल खोपको उत्पादक होइन। छोटो समयमा खोपको व्यवस्था गरेका छौँ । हामीले सन् २०२१ भित्र धेरै नेपालीमा खोप लगाउने व्यवस्था गरेका छौँ।’ ‍

WRITE COMMENTS FOR THIS ARTICLE