पछिल्लो २४ घण्टामा कोरोनाबाट ७५ जनाको मृत्यु, ६,८२५ संक्रमण
२० जेठ, काठमाडौँ – कोरोनाभाइरसको संक्रमणबाट आज देशभर ७५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज देशभर २१ हजार ७७३ जनाको स्वाब परीक्षण गरिएको थियो।
त्यस्तै, कोरोनाबाट ७५ जनाले ज्यान गुमाएका छन्। बुधबार १०१ जनाको ज्यान गएको थियो। अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात हजार ६ सय ३० पुगेको छ।
पछिल्लो २४ घण्टामा पाँच हजार ९०४ जना निको भएका छन्। अहिलेसम्म निको हुनेको संख्या चार लाख ६७ हजार ४६७ पुगेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE