लुम्बिनी प्रदेशको बजेट प्रस्तुत, कोरोना नियन्त्रण मुख्य प्राथामिकतामा
लुम्बिनी प्रदेशको बजेट प्रस्तुत, कोरोना नियन्त्रण मुख्य प्राथामिकतामा
१ असार, काठमाडौं– लुम्बिनी प्रदेश सरकारले कोरोना नियन्त्रण र स्वास्थ्य पूर्वाधार विकासमा जोड दिँदै आगामी आर्थिक वर्ष २०७८÷०७९ लागि ल्याएको बजेटमा प्रस्तुत गरेको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले आज बजेट भाषण गर्दै कोरोना संक्रमितहरुको निशुल्क उपचारलाई निरन्तरता दिँदै कोरोनाका बिरामीका लागि कोभिड फर्स्ट नीति लिइएको बताएका हुन् ।
बजेटमा कोभिड संक्रमितको उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र देवदह मेडिकल कलेजसँग मिलेर गम्भीर बिरामीको उपचार गरिने जनाइएको छ ।
यस्तै, आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले कोभिड–१९ संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने केन्द्रकै बजेटको अनुसरण गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE