सिंहराज योन्जनको चार मुक्तक
सुत्नु भन्दा पहिले उसै संग बोल्न मन लाग्छ
उठ्नु भन्दा पहिले मनको कुरा खोल्न मन लाग्छ
खै किन हो आजभोली सधै सपनामा उनकै
यादले सताउदै गर्दा सधै टोल्न मन लाग्छ।
हेर्नुस्, त फूलको नियति, जो पत्थर पाएर मऱ्यो
कति भोको हुँदो हो गरीब,जो चक्कर खाएर मऱ्यो
ओहो सुगन्ध कत्ति पनि आएन लासबाट उस्को
त्यो मान्छे जिन्दगी भर जो, अत्तर लाएर मऱ्यो१
जब यो नियति नै यति धेरै क्रुर देखियो
विज्ञान पनि घुडा टेक्न मजबुर देखियो
समयले पनि यसरी पासा पल्टाउदो रहेछ
हेर्नुसआज घरमा लुक्ने नै बहादूर देखियो
त्यो नजर संग यो नजर ठोकियो रभो गडबड
जतिथ्यो मनमा माया पोखियो रभो गडबड
चाहे जे(होस् यो जीवन चल्दछ भन्थे, तर।।।
मेरो त, तिमी मै संसार रोकियो रुभो गडबड
सिंहराज योन्जन
दोरम्बा,२ रामेछाप
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE