गण्डकीका मुख्यमन्त्री पोखरेलले शुक्रवार विश्वासको मत लिने
२ असार, काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शुक्रवार विश्वासको मत लिने भएको छ ।
जेठ २९ गते संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पोखरेलले असार ४ गते विश्वासको मत लिन लागेको हो ।
शुक्रवार नै मन्त्रालयहरुको जिम्मेवारी दिने र प्रदेश सभामा बजेट छलफल अघि बढाउन लागेको स्रोतले जनाएको छ ।
उहाँलाई कांग्र्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चासहित एक स्वतन्त्र सांसदसहित ३१ जनाको बहुमतले मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको एक महिनामा विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार उहाँले शुक्रवार विश्वासको मत प्राप्त गर्न खोज्नभएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE