Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026

प्रधानन्यायाधीशले सोधेः बहुमत पुगेकालाई प्रधानमन्त्री नियुक्त गर्ने अभ्यास अदालतले गर्न मिल्छ ?

प्रधानन्यायाधीशले सोधेः बहुमत पुगेकालाई प्रधानमन्त्री नियुक्त गर्ने अभ्यास अदालतले गर्न मिल्छ ?

२० असार, काठमाडौं– संसद विघटनसम्बन्धी रिटमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुनै अमुक व्यक्तिको बहुमत छ प्रधानमन्त्री नियुक्त गर भनेर अदालतले अभ्यास गर्न मिल्छ ? भनी प्रश्न गरेका छन् ।

रिटमा अहिले सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । सोही बहसका क्रममा प्रधानन्यायाधीश जबराले कानुन व्यवासायी मेघराज पोखरेललाई यस्तो प्रश्न सोधाका हुन् ।

जबराले अदालतमा १४६ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको भन्दै यसैलाई नियुक्तिको आधारका रुपमा हेरी नियुक्ति गर्न मिल्ने वा नमिल्ने भनी प्रश्न गरेका थिए ।

‘१४६ जना यहाँ उपस्थित भयौं। अदालतले प्रमाणिकरण गरिदिए हुन्छ भन्ने तर्क आयो। अदालतले यो अभ्यास गर्न राम्रो हुन्छ ?’ प्रधानन्यायाधीश जबराले प्रश्न गरे ‘अदालतले बहुमत छ नियुक्त गर भन्ने अभ्यास गर्न मिल्छ ? धारा ७६(५) ले यही भनेको हो ?’

WRITE COMMENTS FOR THIS ARTICLE