Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

सर्वोच्चले दियो कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश

सर्वोच्चले दियो कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश

३० असार, काठमाडौं– काली गण्डकी डाइभर्सन रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै परेको रिटमा फैसला गर्दै कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन सरकारले स्वीकृति दिएपछि आयोजना अघि नबढाउनका माग गर्दै सर्वोच्चमा वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीले रिट दायर गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE