Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

जाँदाजाँदै ओली सरकारको कोसेलीः सार्वजनिक सवारीसाधनको भाडामा २८ प्रतिशत सम्म वृद्धि

जाँदाजाँदै ओली सरकारको कोसेलीः सार्वजनिक सवारीसाधनको भाडामा २८ प्रतिशत सम्म वृद्धि

३० असार, काठमाडौं– सार्वजनिक सवारीको भाडादर भारी वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा २० देखि २८ प्रतिशम्मको भारी वृद्धि गरेको हो ।

वृद्धि भएको भाडाअनुसार सार्वजनिक यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। यो भाडादर अन्तरप्रदेश चल्ने लामोदूरीका सवारीसाधनमा लागू हुने बताइएको छ ।

यता मालवाहक सवारीको भाडादरमा पहाडी बाटोमा सञ्चालन हुने सवारीको हकमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको हकमा २६ प्रतिशतले वृद्धि गरिएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको बताएको छ ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार २७ गते यससम्बन्धी प्रस्तावमा दिएपछि भाडा वृद्धि गरिएको विभागले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE