Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा

३१ असार, काठमाडौँ – केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । तीनपटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ ।

गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गरेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE