पूर्वमाओवादीका चार नेताले दायर गरेको रिट न्यायाधीश कार्कीको बेञ्चमा
पूर्वमाओवादीका चार नेताले दायर गरेको रिट न्यायाधीश कार्कीको बेञ्चमा
१४ साउन, काठमाडौं– माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेर सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको आजदेखि सुनुवाइ हुने भएको छ ।
पद गुमाएका सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पुनरबहालीको माग गर्दै बुधबार रिट दायर गरेका थिए ।
उक्त रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ ।
माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दल त्यागको सूचना दिएपछि उनीहरुको सांसद पद गुमेको थियो ।
सांसद पद गुमाए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री नियुक्त गरेका थिए ।
यद्यपि सर्वोच्च अदालतको आदेशपछि उनीहरुको मन्त्री पद पनि गुमेको थियो ।
निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE