Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सेलाएको ३३ किलो सुन काण्ड : फरार प्रतिवादी भोजे मामा गौशालाबाट पक्राउ

१५ साउन, काठमाडौँ – सेलाउँदै गएको ३३ किलो सुन काण्डका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका वडा नम्बर ८ स्थायीबासी भोजे मामा भनेर चिनिने प्रतिवादी भोजराज भण्डारीलाई प्रहरीले काठमाडौंको गौशलाबाट शुक्रबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ३३ किलो सुन काण्डका प्रतिवादीहरुलई अझैँ पनि खोजिरहेको बताएका छन् । यहीँ शिलशिलामा शुक्रबार भण्डारीलाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन २०७४ फागुन ९ गते गायब भएको थियो। त्यसपछि प्रहरीले छानविन अघि बढाएको थियो । तर, छानविनका क्रममा घटना रहस्यमय बन्दै गएको थियो ।

अनुसन्धान क्रममा सुन भरियाको भूमिका निर्वाह गरेका सनम शाक्यको हत्या भएको थियो। तर, सुन तस्करी गर्ने मुख्य योजनाकारलाई प्रहरीले फेला पार्न सकेको छैन । ३३ किलो सुन काण्डका नाइके चुडामणि उप्रेती अर्थात गोरेलाई भने पक्राउ गरेर हिरासतमा राखिएको छ

WRITE COMMENTS FOR THIS ARTICLE