Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

लुम्बिनी प्रदेशः पोखरेल सरकारका थप दुई मन्त्रीले राजीनामा दिने

२७ साउन, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका थप दुई मन्त्रीले पनि राजीनामा बुझाउने भएका छन् ।

सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेयले राजीनामा दिने बताएका छन्।

पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएपछि उनीहरुलाई पार्टीले सांसद पदबाट मुक्त गरेको थियो। यादव राजीनामा बुझाउन मुख्यमन्त्री निवास गएका छन्। मुख्यमन्त्रीसँग छलफल गरेर राजीनामा बुझाउने उनले बताए।

उनले आफू बाहिर भएको र कल्पना अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए। यादवले राजीनामा पत्र तयार गर्दै गरेको र छिटै नै बुझाउने बताए।

उनीहरू तीनैजना जसपाको ठाकुर समूहबाट सरकारमा गएका थिए। सांसदबाट पदमुक्त तीनैजनाको मुद्वा सर्वोच्चमा विचाराधिन छ।

WRITE COMMENTS FOR THIS ARTICLE