Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रधानमन्त्री ओलीले जाँदाजाँदै देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले जाँदाजाँदै देशवासीका नाममा सम्बोधन गर्दै

२९ असार, काठमाडौं– सर्वोच्च अदालतको फैसलासँगै अपदस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो प्रधानमन्त्री निवास (बालुवाटार) छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ ।

सर्वोच्चले संसद विघटनविरुद्धको फैसला गर्दै आज साँझ ५ बजेसम्ममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै प्रधानमन्त्री ओली अपदस्थ भएका हुन् ।

अपदस्थ भएसँगै आजबाट नेकपा एमालेका अध्यक्ष ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्।

सर्वोच्चको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्।

देउवालाई आज साँझ ५ बजे शपथ खुवाउने तयारी रहेको राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE