Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

दोरम्बा शैलुङ्ग गाउँपालिकाको आलु प्रचण्डलाई कोसेली

२७ साउन, काठमाडौं – दोरम्बा शैलुङ्ग गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोसेलीको रुपमा आलु उपलब्ध गराएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले आज प्रचण्ड निवास खुमलटारमा पुगेर कोसेली आलु उपलब्ध गराएकी हुन् ।

उपाध्यक्ष घिसिङले गाउँपालिकाभित्र पछिल्लो समयमा आलु उत्पादनमा उत्साहजनक रुपमा बृद्धि भएको बताउदै गाउँपालिकाभित्र उत्पादित आलु अध्यक्ष प्रचण्डलाई कोसेली स्वरुप उपलब्ध गराइएको बताइन् ।

भेटमा अध्यक्ष प्रचण्डले स्थानीय सरकारले कृषि क्षेत्रको विकासमा जोड दिनुपर्नेमा आग्रह गरेको उनले जानकारी दिइन ।

WRITE COMMENTS FOR THIS ARTICLE