मापदण्ड विपरित कार्य गरेको आरोपमा पोखराबाट एक व्यापारी पक्राउ
२५ भदौ,पोखरा-पोखरामा पछिल्लो समय सटर बनाउँदै भाडामा लगाउने सटर व्यापारी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ।
फेवाताल किनारमा मापदण्ड विपरित जग्गा पुर्ने र पर्खाल लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । गुण्डागर्दी पृष्ठभूमीका खतिवडा पछिल्ला दिनमा सटर व्यापारमा जमेका छन्।
उनले सटर व्यापारकै लागि पोखरा १८ सेदीमा सीमसार पुरेर संरचना निर्माण गरिरहेका छन्। पटक पटक सचेत गराउँदा पनि पुर्ने क्रम नरोकिएपछि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
‘यसअघि पनि सचेत गराइएको हो। तर पुर्न छोड्नुभएन,’ प्रहरी प्रवक्ता सुवास हमालले भने, ‘बाध्य भएर पक्राउ गरिएको हो।
खतिवडाले सम्झाउने क्रममा प्रहरीमाथी अभद्र व्यवहार पनि गरेको हमाल बताउँछन्। उनलाई प्रहरीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि कास्की अदालतबाट म्याद थप गरिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE