Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

‘कहिलेकाहीँ सोच्छु, एक्लै पो हुने हो कि !’ भन्ने पिर : प्रचण्ड

२७ भदौ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कहिलेकाहीँ आफू एक्लै परिने भनेर चिन्ता व्यक्त गर्नुभएकोछ ।

आइतबार पर्शुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै आफू कहिलेकाहीँ एक्लै परिएला भन्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा चिनियाँ जनक्रान्तिका महानायक माओत्सेतुङको जीवनी सुनाउँदै आफू पनि त्यस्तै गरि एक्लै परिने पो हो कि भनेर चिन्ता देखाउनुभयो ।

साथै, आफू कम्युनिष्ट आन्दोलनलाई बीच बाटोमै छाडेर जान पनि नसकेको र जिम्मेवारी बोध भई पदमा टाँसिएर बस्न मन नलागेको पनि उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुभन्दा हामीचाहिँ उत्तराद्र्धतिर लागिसकेका मान्छे हौँ । हामीलाई लास्टसम्म बस्न मन पनि छैन । तर, यो आन्दोलनलाई बिच बाटोमै छाडेर भाग्न मन पनि छैन । यसरी जिम्मेवारी बोध हुनु भनेको पदमा टाँसिरहनुमात्र हो ।’

माओसेतुङको उदाहरण दिँदै अन्तमा भन्नुभयो, ‘मलाई श्रीमतीको पनि विश्वास छैन भनेर माओले भनेकै हो । कहिलेकाहीँ म पनि यस्तै सोच्छु– म पनि एक्लै पो हुने हो कि ! कहिलेकाहीँ दिमागमा त्यस्तो चित्र पनि आउँछ । त्यसैले त्यसतर्फ चिन्तन, मनन पनि गरिदिनुहोला ।

 

WRITE COMMENTS FOR THIS ARTICLE