बिष्णु माझी र रामदास गोपालीको स्वर रहेको अर्को मार्मीक गीत सार्वजनिक भिडियोसहित
२९ भदौ, काठमाडौँ – ए मन अब तँ अबुझ नबन्दे भुल्दे बिन्ति सक्दिन नभन्दे, न त माया न घटे चोट् मेरा अब कहिले हास्लान् र ओठ मेरा, घटाउन खोज्छु माया घट्दैन आकास भन्दा फराकिलो सपना अट्ने आखामा, दुई थोपा आँसु पनि किन अट्दैन ।
यी मार्मीक शब्द गीतकार सन्ध्या केसीले लेखेको गीत ‘दूई थोपा आशु’ मा समावेश छन् । विगत लामो समय देखि चर्चित गीत लेख्दै आएकी गीतकार सन्ध्या केसीको शब्दमा नयाँ गीत बजारमा आएको छ । लोकप्रिय गायिका बिष्णु माझी र रामदास गोपालीको स्वरमा रहेको सो गीत रामु खड्का नामको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा चर्चित संगितकार रामु खड्काको लय तथा संगित रहेको छ ।
गीतको भिडियोमा जस्मिन कार्कीसँगै चर्चित मोडल बिनोद श्रेष्ठ र हिरा रन्पालको अभिनय रहेको छ । गोर्खाली चेली जस्मिन कार्कीले यो गीत मार्फत नै नेपाली गीत संगितमा डेब्यु गरेकी छन् । मोफसल मै बसेर संघर्ष गरिरहेकी कार्कीलाई नयाँ पुस्तालाई पनि अवसर दिनुपर्छ भन्ने मान्यताले पहिलो पटक नेपाली लोक दोहोरीमा डेब्यु गराएको गायक राम गोपालीले बताउनुभएको छ। यस अघि निकै चर्चा कमाएको गीत स्वर्ण पदकको भाग २ को रुपमा यो गीत सार्वजनिक भएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE