Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने

१ आश्विन, काठमाडौँ – चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१४ व्याचका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका हुन्।

काउन्सिलले तोकेको फारम भरी आवश्यक विवरणसहित असोज ४, ५ र ६ गते बिहान १० बजे देखि ३ बजे सम्ममा प्रमाण–पत्र रुजु गराउन सूचित गरेको छ।

काउन्सिलद्वारा जारी सूचनामा भनिएको छ, ‘तोकिएको फाराम भरी फारममा दिइएको विवरणमा उल्लेख भएको कागज–पत्रसहित मिति २०७८ असोज ४, ५ र ६ गते बिहान १० बजे देखि ३ बजे सम्ममा काउन्सिलको कार्यालयमा स्वयं उपस्थित भइ फारम बुझाउन र प्रमाणपत्र रूजु गराउनका लागि सूचित गरिन्छ।

त्यस्तै कार्यालयमा हुने भीडभाड कम गर्न र तोकिएको समयमा काम सम्पन्न गर्नका लागि आफूलाई बोलाइएको दिनमा नै उपस्थित हुनसमेत जानकारी गराएको छ।

गत भदौ २७ देखि प्राणघातक कोरोना महामारीका कारण इन्टर्नसीप चीनमा पूरा हुन नपाउँदा मारमा परेको भन्दै विद्यार्थीहरु आन्दोलित छन्। उनीहरुले स्वदेशमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE