Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

बैंशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप पुर्याउने : प्रधानमन्त्री

७ अश्विन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैंशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । विहीबार काठमाडौंमा हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले सरकार सबै नागरिकलाई खोप प्रदान गर्न प्रतिवद्ध रहेको भन्दै बैंशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने योजना रहेको बताउनुभएको छ ।

उहाँले नेपालको संविधानमा प्रत्याभूत रहेको प्रेस स्वतन्त्रताको बिषयलाई कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । तथ्य तथ्यामा आधारित भएर सरकारको आलोचना हुनुपर्ने र यसलाई आफुले सदैव स्वागत गर्ने उहाँको भनाइ छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE