काभ्रेमा पालिका अधिवेशन स्थगित !
९ आश्विन, काभ्रे – नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिनासूचना बेपत्ता हुनुभएको छ । कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिनासूचना बेपत्ता हुनुभएको हो ।
आचार्यले सामाजिक सजालमा लेख्नुभएको छ, ‘मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधिसमेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्बद्ध सबै साथीहरूलाई जानकारी गराइन्छ ।’

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE