पूर्वमन्त्री बास्कोटाले भने : माधव नेपाल काँग्रेसको मतियार हुन्
१७ आश्विन, काठमाडौं –नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल नेपाली काँग्रेसको मतियार भएको आरोप लगाउनुभएको छ।
एमालेको मण्डनदेउपुर नगर वडा नम्बर १ को कार्यकर्ता भेलालाई नगरकोटमा सम्बोधन गर्दै नेता बास्कोटाले नेपाल र बामदेब गौतम पार्टीलाई समस्या पर्दा भाग्ने भगौडा भएको बताउनुभएको हेो।
माधव नेपालको नाम नै लिएर उहाँले नेता नेपाल पार्टी घाती र देशद्रोही भएको आरोप लगाउनुभयो। नेता नेपालको कारणले काभ्रेमा बन्ने भनेको एयरपोर्ट समेत नबनेको उहाँको भनाई छ ।
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पुससम्म पनि मन्त्रीपरिषद् विस्तार गर्न नसक्ने भन्दै बास्कोटाले केपी ओली सरकारले जम्मा पारेको पैसा सक्ने मेलो मात्र सरकारले गरेको बताउनुभयो ।
आगामी सबै निर्वाचनमा फुटेर गएको एस पार्टीलाई जिरो बनाउने गरि लाग्न उहाँले एमालेका कार्यकर्ता तथा नेतालाई निर्देशन दिनुभयो । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाकी उपप्रमुख निर्मला शाही, एमाले नेता विदुर सापकोटा, रुद्र तामाङ्गलगायतले पार्टीको काममा सबै जना एक ढिक्का भएर लाग्नु पर्ने बताउनुभयो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE