Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ

१८ आश्विन, कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका( २ बसपार्कबाट स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार दिउँसो २ बजे कालो झोलामा उक्त रकम बरामद गरेको हो । रकमसँगै बुद्धभूमी नगरपालिका(९ धमौलीका २२ वर्षीय जीवनप्रसाद भुसाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

शंकास्पद रूपमा हिँडेको देखेपछि केरकार गर्दा एक हजार नोटका २० गड्डी ५ सय नोटका ५ गड्डी र अन्य गरी २२ लाख ९१ हजार ८ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका भुसाललाई राजस्व अनुसन्धान कार्यालय बुटवलका पठाइएको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE