पछिल्लो २४ घण्टामा १ हजार जना कोरोनामुक्त
१८ आश्विन, काठमाडौँ – गत २४ घण्टामा १ लाख २० हजार ५४८ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म ७ लाख भन्दा बढी निको भएका छन्। सोमबार १ हजार कोभिड बिरामी थपिए, १० जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर १०३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। १०,८७४ वटा नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्। सोही अवधिमा १ हजार जना निको भएका छन् भने थप १० जनाले ज्यान गुमाएका छन् । हालसम्म ७ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE