विश्वासको मत नपाएका मुख्यमन्त्री राउतले गरे जानकी मन्दिरको दर्शन
२१ आश्विन,एजेन्सी – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार जानकी मन्दिरको दर्शन गर्नूभएको छ । प्रदेशसभामा दुई तिहाइ मत प्राप्त गरेको केही दिनपछि उहाँले जानकी मन्दिरका पुजारी महन्त रामपतेश्वर दास वैष्णवसँग दर्शन भेट गर्नुभएको हो ।
विश्वासको मत प्राप्त गरेपछि राउतले जानकी मन्दिरमा गई महन्त दासबाट आशीर्वाद ग्रहण गरेको मुख्यमन्त्री सञ्चार सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री राउतले बुधबार प्रदेशसभा २ मा दुई तिहाइभन्दा बढी विश्वासको मत प्राप्त गर्नुभएको थियो । उहाँ अधिकांश सनातन धर्मसभाहरूमा समेत सहभागी हुने गर्नुभएको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE