एकाएक मन्त्री हमाल राजीनामा दिन बाध्य
२४ आश्विन, काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र बहादुर हमालले आजै राजीनामा दिने घोषणा गर्नुभएको छ। पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा मन्त्री हमालले आजै विहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने बताउनुभएको हो ।
उहाँले आफूलाई मन्त्री बनाईएको विषयलाई लिएर अनावश्यक रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायालयमाथि प्रहार गरिएको भन्दै असन्तुष्टिसमेत पोख्नुभएको छ । धमलासँगको कुराकानीमा उहाँले भन्नुभयो“मैले त्यत्रो ४५ वर्ष राजनीति गरें ।
मलाई मन्त्री बनाउन प्रधानन्यायाधीशले नाम सिफारिश गरेको नै होईन, उहाँ मेरो नाता पर्दैमा यसरी नाम मुछ्न मिल्छ रु मलाई त सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्री बनाउनुभएको हो । प्रधानमन्त्रीमात्रै होईन, मलाई प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव सबैले शुभकामना दिनुभएको हो ।’
उहाँले आफूले गरेको योगदानको मूल्यांकन गरेर प्रधानमन्त्रीले मन्त्री बनाएको पनि स्पष्ट पार्नुभयो । यद्धपी उहाँले आफ्ना लागि मन्त्री पद ठूलो कुरा नभएको पनि सुनाउनुभयो । उनहाँले भन्नुभयो,”अब मलाई प्रधानमन्त्रीज्यूले तपाईँ बस्नुपर्छ भनेपनि अब बस्दिन् ।
म लोकतन्त्र र न्यायालयको रक्षाको लागि सदैव दृढ छु । मेरो लागि मन्त्री पद ठूलो कुरा होईन, व्यवस्था ठूलो कुरा हो । न्यायालयलाई बचाउनको लागि राजीनामा गरेको हुँ ।” हमाल कांग्रेसमा चार दशकभन्दा बढि समयदेखि सक्रिय हुनुहुन्छ । उहाँ मन्त्री भएपनि अहिलेसम्म मन्त्री क्वार्टर जानुभएको छैन ।उहाँ आफन्तकै घरमा बस्दै आएको जनाईएको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE