Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

‘हजार जुनी’ लिएर आए गीतकार शिशिर मोथे

२४ आश्विन काठमाडौँ – म्युजिक भिडियो हजार जुनीु सार्वजनिक भएको छ । गायक प्रवीण बेडवालको स्वरमा कालेबुङका शिशिर मोथेद्वारा रचित गीत हजार जुनी म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो ।

एसआर क्रिएसनद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो एसआर क्रिएसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस म्युजिक भिडियोमा कालेबुङका कलाकारद्वय रोशन दाहाल र रेखा पौड्यालले अभिनय गरेका छन्।

गीतमा ऋषिराज दर्नालले सङ्गीत संयोजन गरेका छन्। जस्टिन लेप्चाद्वारा छायाङ्कन गरिएको अनि बिक्की प्रधान (बिक्की इन्टरटेनमेन्ट) द्वारा सम्पादित म्युजिक भिडियोको निर्देशन रोशन दाहाल नै गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE