Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

भारतको पश्चिम बंगालमा रेल दुर्घटना

२९ पुष, काठमाडौं – भारतको पश्चिम बंगालको जलपाईगुडी जिल्लामा गुवाहाटी–बिकानेर एक्सप्रेस रेल दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

जलपाईगुडीकी डीएम मौमिता दासले तीन जनाको मृत्यु भएको पुष्टि गरेकी छन्। दुर्घटना अन्य केही यात्रु घाइते भएको बताइएको छ । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ।

रेलवेका अनुसार १२ वटा बोगी पटरीबाट खसेका छन्। यो दुर्घटना स्थानिय समयअनुसार साँझ पाँच बजे भएको हो।

रेलवेका अनुसार डीआरएम र एडीआरएम घटनास्थलमा पुगेका छन्। यससँगै राहत रेल र मेडिकल भ्यान पनि पुगेका छन्। रेलवेका अनुसार घटनाको उच्चस्तरीय छानबिनको आदेश दिइएको छ।

एक यात्रुले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै झटका साथ धेरै बोगी पटरीबाट खसेका बताए। त्यसपछि हताहत भएको उनले बताए। तर, अहिलेसम्म यसबारे कुनै आधिकारिक जानकारी आएको छैन।

WRITE COMMENTS FOR THIS ARTICLE