Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सात विद्यार्थी संगठनले लिए सुनील शर्मामाथि कालो मोसो दलेको जिम्मेवारी

३० पुष, काठमाडौँ – मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्।

अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा। शर्मामाथि दुर्व्यवहार गरेका थिए।

काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज र मणिपाल कलेजमा गत ४१ दिनदेखि चिकित्सा शिक्षाका एमबिबिएस, बिडिएस र बिएनएसका विद्यार्थीहरु मेडिकल कलेजको अतिरिक्त शुल्क, अनिवार्य होस्टललगायतका विषयमा आन्दोलनरत रहेको तर मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई डर, धम्की र परिवारलाई मानसिक तनाव दिएको विद्यार्थी संगठनहरुले उल्लेख गरेका छन्।

उनीहरुले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै शिक्षा मन्त्रालयमा शर्माले विद्यार्थी र अभिभावकहरुलाई हतोत्साहित गरेको र नोट अफ डिसेन्ट लेखेको भन्दै कालो मोसो दलेको जिकिर गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE