नेकपा एमालेको निर्वाचन केन्द्रित पार्टी प्रवेशः प्रदेश हुदै स्थानीय तहसम्म
२९ फागुन, काठमाडौँ-प्रतिपक्षी दल नेकपा एमाले चुनाव केन्द्रित अभियानमा होमिएको छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले चुनावलाई लक्षित गर्दै पार्टी प्रवेश कार्यक्रमलाई निरन्तर दिएको हो। सातवटै प्रदेशमा फरक–फरक मितिमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको एमाले अहिले जिल्ला तथा पालिका स्तरमा कार्यक्रम गर्न जुटेको छ।
विभिन्न पार्टीबाट एमाले प्रवेश गराउँदै स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली देश दौडाहा अभियान थालेका छन्। मंगलबार पोखरामा आयोजित एक विशेष कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित कार्यकर्ता एमालेमा प्रवेश गराएका हुन्। एमाले प्रचारप्रसार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र पूर्व संविधान सभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता(कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भातृसंगठनका तीनजना अध्यक्षसहित नेता(कार्यकर्ता एमालेमा प्रवेश गरेको रिजालले बताए। यो समाचार आजको अन्नपुर्न पोष्टमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE