स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित
एजेन्सी – स्पेनिस ला लिगामा क्लब बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–० ले पराजित गरेको हो ।
बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीको दुई गोल गरे भने अन्सु फातीको एक गोल गरे । तीन गोल पहिलो हाफमा भएको थियो ।
नोउक्याम्पमा भएको खेलमा ३१औं मिनेटमा लेवान्डोस्कीको गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोडी अल्वाको पासमा गोल गरेका थिए ।
३५औं मिनेटमा लेवान्डोस्कीले नै गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसको तनि मिनेटपछि अन्सु फातीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता लियो ।
दोस्रो हाफमा पनि बार्सिलोनाले केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।
यस जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी ३ मा छोट्याएको छ । बार्सिलोनाको १० खेलबाट २५ अंक पुगेको छ । शीर्षस्थानमा रियलको २८ अंक छ । पराजित भिल्लारियल १५ अंक जोडेर नवौं स्थानमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE