कालीकोटको पलातामा भिषण आगलागी
कालिकोट – कालीकोटको पलाता गाउँपालिका( १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।
३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले बताएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुर्याएको बताइएको छ । यद्यपि, क्षतिको पूर्णविवरण आउन बाँकी छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE